६ थरी याक्थुङहाङ खेवाहाङ चुम्लुङको भेला सम्पन्न

ताक्लुङ/मिति २०७८ मङ्सिर २४ गते याक्थुङ (लिम्बु) हरूको परम्परागत÷प्रथाजनित संस्था ‘चुम्लुङ’ अन्तरगत पुनर्गठन भएको याक्थुङहाङ खेवाहाङ चुम्लुङका हाङ÷प्रमुख डा.कमल तिगेलाको चुम्लुङदाङबा÷अध्यक्षतामा खेवाहाङहरूको माङ्गेन्ना यक तथा थिवोङ याक्थुङ यक मध्ये एक ‘ताक्लुङ’ यकको प्राङ्गणमा छथरका छथरी खेवाहाङ (खेवा) हरूको भेला सम्पन्न भयो ।
भेलाले ६ थरी खेवाहाङहरूको साझा वंशावली प्रकाशन गर्ने, यी मध्ये कुनैको वंशवृक्ष प्राप्त नभएमा अर्को संशोधनमा समेट्ने, वंश इतिहासलाई एकरुपता दिन यस अगावै निर्णय भएको छथरीको १/१ जना रहेको समितिमा पुनः १/१ जना थप गर्ने निर्णय पारित गरिएको थियो । समितिमा चोङबाङ खेवाहाङबाट कुवेरसिंह चोङबाङ, माङ्याकबाट दौलतमान माङ्याक, आङलाबाङ खेवाहाङबाट टेकराज आङलाबाङ, तुम्बा खेवाहाङबाट सिताराम तुम्खेवा, तिगेला खेवाहाङबाट शिवकुमार तिगेला र खडक तिगेला, मादेन खेवाहाङबाट तिर्थ मादेन रहने निर्णय पारित भएको थियो ।

भेलामा डा. कमल तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, विश्वासदीप तिगेला हात्तिखर्क धनकुटा, कुबेरसिं चोङबाङ खेवाहाङ हात्तिखर्क धनकुटा, भक्त बहादुर चोङबाङ खेवाहाङ जोरपाटी धनकुटा, सुर्य मादेन खेवाहाङ छथर गा.पा. तेह्रथुम, मुगाहाङ मादेन खेवाहाङ छथर गा.पा. तेह्रथुम, दौलतमान माङ्याक खेवाहाङ छथर जोरपाटी गा.पा. धनकुटा, नर बहादुर माङ्याक खेवाहाङ धनकुटा नगरपालिका, काजिमान आङलाबाङ खेवाहाङ छथर गा.पा. तेह्रथुम, टेकराज आङ्लाबाङ खेवाहाङ छथर गा.पा. तेह्रथुम, राजेन्द्र तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, देविचन्द्र तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, कमलदीप तिगेला खेवाहाङ छथर जोरपाटी गा.पा.धनकुटा, लालकुमार तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, कृष्ण तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, इन्द्र बहादुर तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, उदय बहादुर चोङवाङ खेवाहाङ छथर गा.पा. तेह्रथुम, खिल बहादुर तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, शिवकुमार तिगेला खेवाहाङ छथर हात्तिखर्क धनकुटा, खडग तिगेला खेवाहाङ छथर हात्तिखर्क धनकुटा,

चक्र बहादुर तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, राजेन्द्र तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, धन बहादुर तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, डालिश्वर तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, याम बहादुर लिम्बु छथर गा.पा. तेह्रथुम, सिताराम तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, छत्रवीर मादेन खेवाहाङ छथर गा.पा. तेह्रथुम, थानाहाङ तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, गङ्गाहाङ तिगेला खेवाहाङ धनकुटा नगरपालिका, मोहन प्रसाद तिगेला खेवाहाङ धरान सुनसरी, कमल सिंह तिगेला खेवाहाङ छथर हात्तिखर्क धनकुटा, खडक तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, जय प्रकाश तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, कुबेरजङ्ग तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, चन्द्र बहादुर तुम्बा खेवाहाङ छथर गा.पा. तेह्रथुम, पृय तिगेला खेवाहाङ छथर गा.पा. तेह्रथुम, हिमकुमार तिगेला खेवाहाङ, शिव तिगेला खेवाहाङ धनकुटा नगरपालिकाको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*