युकेमा रहेका तिगेला खेवाहाङहरुको भेला सम्पन्न

गत ८ जुलाई २०२३ का दिन युकेमा रहेका तिगेला खेवाहाङ परिवार र कुलकुटुम्बहरुको भेटघाट सम्पन्न भएको छ ।

लण्डन स्वीडनको एक सभाहलमा तिगेला परिवारको भेला भएको हो । यस पटक जेष्ठ अभिभावक धन बहादुर तिगेला एवं धिरेन तिगेलाको परिवारले ब्यवस्थापनको सम्पूर्ण कार्य गरेको थियो । आपसमा भेटघाट र परिचय पछि अर्को बर्ष दोस्रो जेष्ठ अभिभावक लक्ष्मी तिगेलाको घरमा भेला गर्ने निर्णय गर्दै सम्पन्न भयो ।

गत बर्ष मात्र सधैका जेष्ठ रिटायर्ड मेजर गजरधन तिगेलाको निधन भएकोले वहाको अभावको महशुस भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*