तिगेला खेवाहाङ चुम्लुङ काठमाण्डौं उपत्यका समिति गठन

गत १३ असोज २०८० का दिन याक्थुङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत सस्था ’चुम्लुङ’ अन्तरगत, तिगेला खेवाहाङ चुम्लुङ केन्द्रीय समितिको मातहत रहने गरी “तिगेला खेवाहाङ चुम्लुङ–काठमाडौ उपत्यका समिती” जोरपाटी स्थित जुम क्याफे एन्ड ब्याङ्केटमा गठन भएको छ ।

याक्थुङ (लिम्बु) हरुको ३१५ थरहरु मध्ये तिगेला खेवाहाङ एक हो । काठमाण्डौं उपत्याकामा करिव ४५ घरधुरी रहेको तिगेला खेवाहाङ थरको परम्परागत प्रथाजनित संस्था “तिगेला खेवाहाङ चुम्लुङ” काठमाण्डौं उपत्याका समितिमा चुम्लुङ्दाङ्बा (अध्यक्ष) जित ब तिगेलाको अध्यक्षता तुम्म्याङ् (उपाध्यक्ष) हरु शनि बेघा तिगेला, गिराज तिगेला, कृष्ण कुमारी मादेन तिगेला, सावित्री चबेगु तिगेला, प्रभाहाङ्मा सेलिङ तिगेला, सिजोवा–इङ्मेसा (सचिव)–प्रेम तिगेला, फासिङ कासुम्म्बा (कोषाध्यक्ष) –सीता तिगेला र पासिङ पादाङ (सदस्य) हरू क्रमसः कल्याण तिगेला, रोसन तिगेला, बिपना तिगेला, पुस्पादिवानी तिगेला र तारा ब. तिगेला निर्वाचित भएका छ्न ।

तिगेला खेवाहाङ चुम्लुङ केन्द्रीय समितिका प्रमुख/हाङ डा.कमल तिगेला खेवाहाङको प्रमुख आथित्य र तुम्म्याङ टेकराज तिगेलाको विशिष्ट आथित्य एवम् खड्ग तिगेला खेवाहाङको सभापतित्व र जितेन्द्र तिगोलाको संचालनमा सम्पन्न कार्यक्रममा उक्त प्रथाजनित संस्था “तिगेला खेवाहाङ चुम्लुङ” उपत्यका समिति, काठमाण्डौं गठन भएको हो ।

तिगेला खेवाहाङ चुम्लुङका हाङ तथा उक्त कार्यक्रमका प्रमुख अतिथि डा.कमल तिगेला खेवाहाङले याक्थुङ (लिम्बु) को परम्परागत प्रथाजनित संस्थामा उपनिवेशिक संगठानात्मक संरचनामा नभएर आफ्नै प्रथाजनित संरचना क्रमसः चुम्लुङदाङबा, तुम्म्याङ (तुतु–तुम्म्याङ/या?ला–सुहाङ), नालि–थाङबेन/सिसा–मेन्छ्या, सिजोरा–इङ्मीसा, फासिङ–कासुम्बा (केदेम्बा), पासिङ–पादाङ, पेगिफाङ्साम, इङ्मेबा, योक्थोक्वा, थक्सुबा जस्ता पदहरू रहने र पदीय मर्यादाक्रम आ–आफ्नो भूमिका अनुसार समानतामा आधारित हुने बताउनु भयो । उक्त प्रथाजनित संस्थाले याक्थुङ (लिम्बु) को प्रथाजनित कानुन अनुसार समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरा बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*