गत २६ चैत्र २०६८ का दिन तिगेला खेवाहाङ चुम्लुङ, वंशावली संशोधन तथा अद्यावधिक समितिद्वारा “तिगेला खेवाहाङ वंशावली” ले आयोजना गरेको “खेवाहाङ वंशावली सर्वेक्षण फारम” तथा वंशावली लेखन सम्बन्धी सर्भेयर तथा अनुसन्धानदाताहरुलाई आज एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा तेह्रथुम जिल्लाबाट पृथराज तिगेला, तारा तिगेला र सुरेन्द्र तिगेला, धनकुटा जिल्लाबाट शिव कुमार तिगेला, भिम तिगेला र कमलदिप तिगेला, सुनसरीबाट मोहन प्रसाद तिगेला, भिम तिगेला र जय प्रकाश तिगेला, पान्थरबाट नरहाङ तिगेला, एप्लिहाङ तिगेला र सुमन तिगेला, इलामबाट दिपक तिगेला र जितमान तिगेला, झापाबाट मोतिराम तिगेला, मोरङबाट रोशन तिगेला, भोजपुरबाट जित बहादुर तिगेला र प्रकाश तिगेला, सुनसरी चकरघट्टीबाट देवेन्द्रहाङ तिगेला, चौविस बुढिमोरङबाट दिल ब. तिगेला र रुपा नयोङहाङ तिगेला २० जना सहभागी रहेका थिए ।
आउदो १५ बैशाख ६९ गतेसम्म तिगेला वंशावली सर्वेक्षण फारम भरी बुझाई सक्ने छन् । वंशावली आफैमा एक अध्ययन अनुसन्धान भएकाले यो सर्वेक्षणको माध्ययमबाट सम्पूर्ण तिगेला थरको घरधुरीमा सर्वेक्षकहरु पुग्ने बताइएको छ । सर्वेक्षकहरुले तिगेलाको घर धुरी संख्या, परिवार संख्या, महिला पुरुषको जनसंख्या, पेसा, शिक्षा, बसाई सरेको भए बसाई सर्नुको मुख्य कारण, बसाई सर्ने पहिलो पुर्खाको नाम, किपट, खर्क, चरिचरान, समाधिस्थलका नाम, सिकार खेल्ने जंगलका नाम, माछा मार्ने खोला, नदीको नाम समेत अभिलेख गर्नेछन ।

किरात याक्थुङ (लिम्बू) को प्रथाजनित संस्था ‘चुम्लुङ’ अन्तरगत पुनर्गठन भएको तिगेला खेवाहाङ चुम्लुङले पहिलो तिगेला वंशावली संशोधन तथा अद्यावधिक समिती गठन, दोस्रो नीतिगत निर्णयहरु, तेस्रो उप–समितिहरुको निर्माण, चौथो सर्वेक्षण फारम माथि छलफल र पुर्व परिक्षण, पाँचौ वंश र वंशावलीको अध्ययन अनुसन्धानमा जाने सर्वेयरहरुलाई प्रशिक्षण दिई चरणबद्ध कार्य गर्दै आएको छ ।
यसपछि तथ्यांक संकलन, डाटा टेवुलेशन र विश्लेषण, वंशक्रम अध्ययन र वंश प्रवृष्टिकरण, तिगेला खेवाहाङहरुको इतिहास लेखन, संस्कार र संस्कृति माथिको अध्ययन, याक्थुङहाङ खेवाहाङहरुको माङगेन्ना मुन्धुम आदि संकलन र अभिलेखिकरण गर्ने जनाइएको छ ।
्
तिगेला खेवाहाङ वंशावली संशोधन तथा अद्यावधिक समितिका अध्यक्ष शिव कुमार तिगेलाको अध्यक्षता र सचिव भिम तिगेलाले संचालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रमको सहजिकरण तिगेला खेवाहाङ चुम्लुङका हाङ (प्रमुृख) डा. कमल तिगेला खेवाहाङले गर्नु भएको थियो ।
Leave a Reply